कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता

जेठ ४,रामपुर ।
कालीगण्डकीमा पौडी खेल्ने क्रममा दुई बालक बेपत्ता भएका छन् । रामपुर नगरपालिका १० मलौटेघाटबाट उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा रामपुर १० सिकोडाँडा पाल्पा रेशम भट्टराईका छोरा १० वर्षिय सुनिल भट्टराई र सोही स्थानका तिलकराम चापागाईका छोरा १० वर्षिय समीर चापागाई बेपत्ता रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले बताए ।

सुनिल र समीर सहित ५ जना बालकहरु आइतबार दिउँसो १ बजे पौडी खेल्न गएका थिए । ४ बजे तिर बेपत्ता भएको खबर प्राप्त भएपछि स्थानीयहरु, इलाका प्रहरी कार्यालय रामपुर र हुँगी प्रहरी चौकीले खोजी कार्य गरिरहेको रामपुर १० का वडा अध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च