पोखरीमा डुबेर अर्घाखाँचीमा २७ बादरको मृत्यु

अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका – ९ अर्घामा रहेको पोखरीमा डुबेर २७ बादरको मृत्यु भएको छ ।

अर्घामा रहेको सिँचाई पोखरीमा डुबेर २७ वटा बाँदर डुबेर मरेको अवस्थामा भेटिएको स्थानियले बताएका छन् ।

पहिला एउटा बाँदर पानी खान जाँदा पोखरीमा परेको र पछि ती बाँदर पोखरीमा पसेपछि डुबेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।

पोखरी जंगलको बीचमा रहेको कारण उद्धार हुन नसकेको स्थानीयले बताएका छन् ।

जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पाण्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरीे मरेका सबै बाँदरलाई प्रहरी, जनप्रतिनिधि,स्थानीय बासिन्दाको रोहबरमा गाडिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च