दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीको आग्रह

तम्घास ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

प्रशासनले जारी गरेको सूचनालाई अटेर गरेमा कानुन अनुसारको कारबाही गरिने उहाँको भनाई छ ।

प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् फिर्ता लैजान पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च