पाल्पा – जिल्लाको माथागढी गाउँपालिका वडा नंं. ४ झडेवा स्वास्थ्य चौकीमा कुपोषणको बहिरंग उपचार केन्द्रको सुरुवात गरिएको छ । गाउँपालिका भित्रका बालबालिकाको पोषण र स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले बहिरंग उपचारक केन्द्रको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिले बताउनुभयो ।कार्यक्रममा उपाध्यक्ष विष्णु माया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवाली, वडा अध्यक्ष शंकर दर्लामी लगायत स्वास्थ्यकर्मीहरु र सेवाग्राहीहरुको सहभागिता रहेको थियो ।नेपालको विध्यमान पोषण स्थितिमा सुधार ल्याउँदै सरकारले सन– २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिको लागि बहुक्षेत्रीय पोषण योजना अन्तर्गत सबै पक्षसँगको समन्वयमा केन्द्रको सुरुवात गरिएको स्वास्थ्य शाखा प्रमुख केशव जिसीले बताउनुभयो ।