गाईहरुको संरक्षणका लागि गुल्मीमा मुठ्ठिदान अभियान सुरु

गुल्मी ।
गुल्मीमा गाईहरुको संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु गरिएको छ ।

जिल्लाको ऐतिहासिक, धार्मिक, पौराणिक, देवगीरी, एवम् अमृतभूमिको रुपमा परिचित रेसुंगा गौशालामा रहेका गाई संरक्षणका लागि मुठ्ठिदान अभियान सुरु भएको हो ।

रेसुंगा संरक्षण समितिले विगत केही वर्षदेखि यो अभियानलाई सञ्चालन गरेको संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो । यस वर्ष पनि विगतका वर्षमा जस्तै मुठ्ठिदानका लागि सबैलाई भुसालले आग्रह गर्नुभएको छ ।

विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष समेत रहनुभएका भुसालले भन्नुभयो, “आज (मंगलबार) गाईपूजा औंसीका दिन सूर्य ग्रहण परेको छ ।”
“सो समयमा पूजाआजा हुँदैन् भन्ने भ्रम पनि कतिपय मानिसमा पर्न सक्छ । त्यस्तो भ्रममा नपरी यस वर्ष पनि विगतको वर्षमा जस्तै गौपूजा औंशीको अवसरमा नियमित पूजा हुन्छ ।”

मुठ्ठिदान अभियान घरघरमा लग्न आग्रह गर्दै यो अभियानमा सक्रिय रुपमा सहभागी बन्न पनि अध्यक्ष भुसालले आग्रह गर्नुभयो । ग्रहणका दिन गाईका लागि घाँस, पिठो, तेल, ढुटो, नुन दान गरी पुण्य प्राप्त गर्न सबैलाई उहाँले अनुरोध गर्नुभयो ।

वि.सं. २०४२ मा योगी नरहरिनाथले रेसुंगामा कोटीहोम गरेपछि सो समयमा जम्मा भएका गाईबाट रेसुंगा संरक्षण समितिले रेसुंगामा गौशाला स्थापना गरी गाईको संरक्षण गर्न सुरु गरिएको थियो ।

हाल रेसुंगा गौशालामा १५० भन्दा बढी स्थानीय जातका गाई संरक्षित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च