प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका लागि देशभर म्यादी प्रहरी परिचालन गरिएको छ । देशभर १ लाख १५ हजार म्यादी प्रहरीलाई तालिम दिएर निर्वाचन सुरक्षामा परिचालन गरिएको केन्दीय प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले जानकारी दिए ।
यस्तै निर्वाचनको सुरक्षाका लागि अर्घाखाँचीमा १ हजार म्यादी परिचालन भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार अर्घाखाँची जिल्लाभर १ हजार १ जना म्यादी प्रहरी खटिएका छन् । म्यादी प्रहरीले असोज ३० बाट नियुक्तिपत्र लिएका हुन् ।
सुरक्षासम्बन्धी करिब एक साताको तामिल पुरा गरेका म्यादी प्रहरीहरु ४० कार्यदिन निर्वाचन सुरक्षामा खटिएका हुन् । मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि म्यादीलाई थप ४ दिन परिचालन गरिने भएको छ ।