अर्घाखाँचीको सन्धिखर्कबाट दिल्लीसम्म सिधा बस सेवा सुरु

दिपक भट्टराई,
अर्घाखाँचीको सन्धिखर्कबाट भारतको नयाँ दिल्लीसम्म सुविधा सम्पन्न नेपाल भारत मैत्री एसी बस सञ्चालनमा आएको छ।विगत २५ वर्ष देखि निरन्तर सेवा प्रदान गदै आएको सुपा देउराली टूर एण्ड ट्राभल्सले पश्चिम नेपाल बस व्यवसायी सगँ समन्व्य गरी बस सेवा सन्चालन गरेको सुपा देउराली टूर एण्ड ट्राभल्सका सन्चालक कृष्ण पौडेलले जानकारी दिनुभयो ।कोरोनाका कारण बन्द रहेको सेवा पृन सन्चालमा आएको हो ।
सन्धिखर्कबाट नयाँ दिल्लीसम्म बस सेवा सञ्चालन भएपछि रोजगारी तथा अन्य कामको लागि भारत जाने यात्रुहरु खुशी भएका छन् ।
दिल्ली जाँदा कृष्ण नगर गएर अन्य गाडीहरु खोज्नु पर्ने झन्झटको अन्त्य हुनुका साथै नगद तथा सामग्री जोगाउन नसकिने समस्याबाट मुक्त भएको र सुविधा सम्पन्न एसी बसमा यात्रा गर्न पाउँदा आफूहरु खुशी भएको यात्रुहरुको बताएका छन्। सेवाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको छ । बस सेवाको सञ्चालन गर्दै प्रमुख श्रेष्ठले जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता भएको बताउनु भयो ।सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुरहुँदै दिल्ली बस पुग्नेछ । सन्धिखर्कबाट झण्डैं ९ सय मिलो मिटरको दुरीमा दिल्ली छ । बसमा ३६ सिट, २ चालक, २ परिचालक रहने बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ । तत्कालका लागि हप्ताको ३ दिन सञ्चालन हुने बस यात्रुको मागअनुसार थप्न सकिने पश्चिम नेपाल बस व्यवसायी प्रा लि अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले बताउनु भयो ।

सोमबार, बुधबार र शुक्रबार सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने सुपा देउराली टूर एण्ड ट्राभल्सका सन्चालक कृष्ण पौडेलले जानकारी दिनुभयो । अहीले धेरैले बस सन्चालन गर्ने भनी विना दर्ता गाडीहरु सञ्चालन गर्न खोजी यात्रुहरुलाई दुख भएको खबर आफुहरुले सुनेको हुदाँ यस्तो भ्रममा नपरी पश्चिम नेपाल बस व्यवसायी प्रा लि र सुपा देउराली टूर एण्ड ट्राभल्सको समन्व्यमा सञ्चालनमा रहेको बस सेवाको कार्यालय दिल्लीमा लाजपत्नगर् लाल साई मार्केट रिङरोड लाल साई मन्दिर नजिकै र नेपालमा बुटवल इट्टा भट्टी लाइन होटल द मनिषा भएको भवनमा मात्र आधिकारीक कार्यालय रहेको र अन्य कुनैपनि ठाउँमा कार्यालय नरहेको जानकारी सस्थापक कृष्ण पौडेलले जानकारी दिनुभयो ।यात्रा गर्दा सबै यात्रुहरुले सुपा देउराली टूर एण्ड ट्राभल्सको सम्पर्क नेपाल
98-174-16-111
98-570-88-821
98-570-88-822
सम्पर्क(इंडिया
97-11-11-50-55
98-11-28-77-63
85-27-31-19-77
नम्बरहरुमा सम्पर्क गरेर मात्र यात्रा गर्न आग्रह गरीएको सुपा देउराली टूर एण्ड ट्राभल्सले जानकारी गराएको छ ।सुपा देउराली टूर एण्ड ट्राभल्सबाट दैनिक एसि तथा डिलक्स गरी दैनिक नेपालबाट भारतका विभिन्न ठाउँहरुमा र भारतको दिल्लीबाट नेपालका विभिन्न ठाउँमा नियमित रुपमा १० भन्दा बढी साना ठुला गाडी सञ्चानमा रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च