कोरोनाका कारण ३ लाख १९ हजार बढीको मृत्यु

काठमाडौं । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १९ हजार ८ सय नाघेको छ ।

करिब ४८ लाख ८६ हजार संक्रमित मध्ये १९ लाख ३ हजार बढी उपचार पछि निको भएका छन् ।

४४ हजार ७ सय ५४ जना संक्रमितको स्वास्थ्य गम्भीर छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब ९२ हजार पुगेको छ ।

संक्रमितको संख्या १५ लाख ४९ हजार नाघेको छ । बेलायतमा २ लाख ४६ हजार ४ सय बढी संक्रमित मध्ये ३४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख २५ हजार ८ सय बढी संक्रमित र ३२ हजारको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार २ सय नाघेको छ ।

यस्तै स्पेनमा २ लाख ७८ हजार कोरोना संक्रमित मध्ये २७ हजार ७ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा २ लाख ५४ हजार बढी संक्रमित हुंदा १६ हजार ७ सय बढीको मृत्यु भएको छ ।

उता जर्मनीमा १ लाख ७७ हजार बढी संक्रमित र ८ हजार बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय बढी कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३३ पुगेको छ ।

रसियामा २ लाख ९० हजार ६ सय बढी कोरोना संक्रमितमा मृत्यु हुनेको संख्या २ हजार ७ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्दा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ ।(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च