प्रतिपक्षीकाे विराेध बाबजुद नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ ६, काठमाडाैं।
सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ। सरकारको नेतृत्व गरेको पार्टीका सांसदहरुको बहु्मत भएपछि बहुमतका आधारमा पारित भएको हो।

सरकारको नीति तथा कार्यक्रमको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य दलका सांसदले विरोध गर्दै आएका थिए।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम निर्णायार्थ पेस गरेका थिए।

नीति तथा कार्यक्राम पारित गर्ने पक्षका सांसदहरुको बहुमत भएपछि सभामुख सापकोटाले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च