कोरोना संक्रमित नर्सको पीसीआर रिपाेर्ट नेगेटिभ

कपिलवस्तु ।
कपिलवस्तु अस्पतालमा कार्यरत कोरोना संक्रमित २५ वर्षिया नर्सको पीसीआर रिपाेर्ट नेगेटिभ आएको छ। आठ दिनअघि उनी संक्रमित भएको पुष्टि भएको थियो। गत वैशाख २७ गते उनीसहित कपिलवस्तु नगरपालिकाका १ सय ३ जनाको स्वाब संकलन गरिएपछि नर्ससहित ८ जना कोरोना पोजेटिभ देखिएका थिए।

अस्पतालको आइसोलेसनमा उपचारत नर्सको दोश्रो पटक गत जेठ १ र तेश्रो पटक गत जेठ ४ गते पुनः स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको थियो। अहिले दुबै रिपार्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले बताए।

आइसोलेनमा राखेको १४ दिन पुगेपछि नर्सलाई घर पठाउने उनले बताए। अस्पतालको प्रसुति शाखा र वार्डमा कार्यरत नर्सलाई कसरी कोरोना सरेको भन्न अझै पत्ता नलागेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च