काठमाण्डौ ।
काेराेना सङ्क्रमण देखिएका गुल्मीकाे एक जनाकाे रुपन्देहीकाे क्रिमसन अस्पतालकाे भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ ।
बिरामीकाे स्वास्थ्य अवस्था गम्भीर रहेको तर भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बिरामीको बारेमा केही सञ्चारमाध्यमले अपुष्ट खबर जथाभाबी सम्प्रेषण गरेकाे भन्दै यस्तो संवेदनशील विषयमा संयमता अपनाउन आग्रह गर्नुभयो ।
गएको १ गतेदेखि क्रिमसन अस्पतालमा गुल्मी मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषको उपचार भइरहेको छ ।
यसअघि अस्पताल प्रशासनले पनि विज्ञप्ति निकालेरै गलत र भ्रामक खबर नछाप्न तथा त्यस्ता समाचारकाे पछि नलाग्न आग्रह गरेकाे थियाे ।