भ्रामक समाचार प्रति रुपन्देही कांग्रेसद्धारा ध्यानाकर्षण

बुटवल।
नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले कोरोना संक्रमित बिरामीका आफन्त र परिवारसंग सार्बजनिक माफि माग्न माग गरेको छ ।
रुपन्देही कांग्रेसका सचिब रामकृष्ण खाँणले बुधबार दिउसो बिज्ञप्ती निकाल्दै गुल्मी मदाने ६ पुर्कोटका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भएको भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र प्रमुख घिमिरेले बिरामीको परिवारसंग सार्बजनिक रुपमा माफि माग्नुपर्ने बताउनु भएको हो ।

रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ ।

आज बिहानै देखी क्रिमसन अस्पतालमा उपचारत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्ने खबर सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आएपछि अस्पतालले बिज्ञप्ती जारी गरेर उनको मृत्युको खबर झुटो भएको पुष्टि गरेको हो ।

यसअघि सामाजिक विकास मन्त्रीबराल,तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले केही सञ्चार माध्यमहरुमा क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको भन्दै समाचार आएको थियो । तर ती समाचार भ्रमक भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च