बुटवल ।
तिलोत्तमा मिडिया क्लब रुपन्देहीले तिलोत्तमा नगर क्षेत्रमा क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरेको छ । अजोड इन्सुरेन्स कम्पनीसँग क्लबमा आवद्ध सबै पत्रकारहरुको कोरोना बीमा गरिएको क्लवका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकासँग सहकार्य गरी क्लवले कोरोना बीमाको प्रक्रिया अघि बढाएको थियोे । कोरोना भाइरसको महामारीका बेला पत्रकारहरुले अग्रभागमा रहेर काम गर्ने र उनीहरुमा संक्रमणको जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै कोरोना बीमा गरिएकोे उपाध्यक्ष बीपी गौतमले बताए ।
बीमा गरेको १५ दिनपछि कुनै पत्रकारलाई कोरोना संक्रमण भेटिएमा बीमा कम्पनीले एक लाख दिने कम्पनीका भैरहवा शाखा प्रवन्धक प्रकाश शर्माले बताए । कोरोना परीक्षणमा गर्दा पिसिआर माध्यमबाट गराएको रिपोर्टका आधारमा बीमा रकम दावी गरेको अवस्थामा इन्सुरेन्स कम्पनीले रकम भुक्तानी गर्ने कम्पनीले जानकारी दिएको छ ।