जेठ ८, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मीको मदानेका कोरोना रोगीले उपचार गराएको खुलेपछि सिल गरिएको पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मीको स्वाब जाँचको लागि भैरहवा प्रोगशालामापाइएको थियो । १० जना स्वास्थ्यकर्मीकै रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका ४१ बर्षिय पुरुष वैशाख ३१ गते ज्वरो र रुघाखोकीको समस्या लिएर उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिक गएका थिए । क्लिनिकमा उपचार सम्भव नभएपछि बुटवलको क्रिमसन अस्पतालमा भर्ना भएका उनको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
ति विरामीमा कोरोना पोजिटिभ देखिए पछि जेठ १ देखि ५ गते सम्म उपचारको लागि उक्त क्लिनिकमा गएका विरामी तथा आफन्तहरुमा चिन्ता बढेको थियो ।
क्लिनिकका स्वास्थकर्मिको रिपोर्ट नेगेटिभ आएपछि सबै जिल्लावासी खुसी भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।