जेठ ९, अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा पछिल्लो १ हप्तामा भारतबाट तीन सय एक जना भित्रिएका छन् । रोजगारी तथा अन्य शिलशिलामा भारतका विभिन्न स्थानमा रहेका नागरिकहरु पछिल्लो समयमा फक्रिने क्रम जारी रहेको छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण मुलुक लकडाउनमा गएपछि रोजगारी गुमाएका उनीहरु आफ्नै मुलुक फक्रिएका हुन् । पछिल्लो एक हप्तामा मात्र तीन सय एक जना जिल्ला भित्रिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनु भयो ।
भारतबाट मानिसहरु दैनिक आइरहेको र सबैलाई स्थानीय सरकारले क्वरेण्टीनमा राखेको उहाँको भनाइ छ ।
जिल्लाका ६ स्थानीय सरकारले बनाएका क्वरेण्टीनमा तीन सय ६३ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताउनु भयो ।
भारतबाट आएका तथा अन्य स्थानबाट आएका सबैलाई सम्बन्धित पालिकाले बनाएको क्वरेण्टीनमा राखिएकोे छ ।