जेठ ११, दाङ ।
तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा चार जिल्लाका १८ जनाको उपचार भइरहेको छ।
शनिवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको ल्याबमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएका बढैयाताल बर्दियाका १९ वर्षीय संक्रमित पुरुषलाई उपचारका लागि कोरोना विशेष अस्पतालमा ल्याइएको अस्पतालका प्रमुख सर्वेश शर्माले जानकारी दिए।
अस्पतालमा कपिलवस्तुका छ , बाँके नरैनापुरका आठ र दाङका तीनजनाको उपचार भइरहेको छ।
यस्तै, शनिवार बर्दियाका एकजना आएपछि बिरामी सख्या १८ पुगेको हो।
संक्रमितहरुको अबस्था सामान्य रहेको प्रमुख शर्माले जानकारी दिए। बेलझुण्डी कोरोना अस्पतालमा १०० आइसोलेसन बेड रहेका छन् ।