पुस । राष्ट्रिय प्रजातन्त्र पाटीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्यो । समर्थन पश्चात तत्कालै सरकारमा जान राप्रपाले मानेन् । सचिवालय बैठकको निर्णयपछि सत्तामा जाने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दा अस्थिरतामा देश जान थालेपछि बहुमतका लागी भन्दै प्रचण्डलाई समर्थनसहित अध्यक्ष राजेन्द्र लिङ्देनले हस्ताक्षर गरे । प्रचण्डलाई विश्वासको मत नदिदै सरकारमा जाने निर्णय गरेको राप्रपाले सत्तापक्षसँग बार्गेनिंग सुरु गरेको छ ।
राप्रपाले बाग्मतीमा मुख्यमन्त्री मागेको थियो । मुख्यमन्त्री नपाएपछि राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा जान उपप्रधानसहित ४ मन्त्रालय मागेको छ । राप्रपाले मन्त्रालय टुक्रयाउँन नहुने बताएको थियो । तर त्यही सत्तामै जान उपप्रधानमन्त्रीमा राप्रपाको दाबी छ । मन्त्रालय टुक्रयाउँन नहुने भन्ने राप्रपाले उपप्रधानमन्त्री माग्दै दोहोरो चरित्र देखाएको छ ।
एकरदुई दिनभित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्दैछन्। राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ।
राप्रपाका अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो रहेको राप्रपा स्रोतले बताएको छ । प्रतिनिधि सभामा राप्रपाका १४ जना सांसद छन्। प्रदेशहरूमा पनि राप्रपाका सांसद छन्। सत्ता साझेदार अन्य दल भने राप्रपालाई ३ मन्त्रालय दिन तयार देखिन्छन्। ‘हामीले बागमतीको मुख्यमन्त्री छाडिएको हो, त्यसकारण केन्द्रमा उपप्रधानसहित ४ मन्त्रालय पाउनुपर्छ,’ एक पदाधिकारीले भने।