अर्घाखाँची ।
पछिल्लो हप्तामा भारत तथा छिमेकी जिल्लाहरुबाट अर्घाखाँची भित्रिनेको संख्या ८ सय २ पुगेको छ ।
विभिन्न कामको शिलशिलामा भारत तथा देशकै विभिन्न जिल्लामा रहेका नागरिकहरु जिल्ला भित्रिने क्रम बढीरहेको छ । कोरोना भाईरसको माहामारी संगै बन्दाबन्दी भएपछि रोजगारी लगायत अन्य शिलशिलामा बाहिरिएका हरु अहिले भित्रिरहेका छन् ।
भारत तथा छिमेकी जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला आउने क्रम बढेको हो ।
शनिवार मात्र ३ सय १४ जना कृष्णनगर र बेलहिया नाका हुँदैं जिल्ला प्रवेश गरेका छन् । उनीहरुलाई सम्बन्धित पालिकाको पहलमा बस तथा अन्य सवारी साधनबाट गृह जिल्ला भित्र्याइएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।
जिल्ला भित्रिएकाहरुलाई स्थानियतहहरुले निर्माण गरेको क्वारेन्टाइामा राखिएको छ ।