डुम्रे दुग्घ कृषि सहकारी संस्थाको साधारण सभा तथा अधिवेशन सम्पन्न,अध्यक्षमा दुर्गा बहादुर खाँण ठकुरी

दिपक भट्टराई,तानसेन
पाल्पाको तिनाउँ गाउँपालिका वडा न.६ डुम्रे, रहेको डुम्रे दुग्घ कृषि सहकारीे संस्था लिमिटेडको २९ औ वार्षिक साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ ।
साधारण सभाले दुर्गा बहादुर खाँण ठकुरीकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शंकर प्रसाद भण्डारी,सचिवमा यम बहादु खत्री,कोषाध्यक्षमा हुमा सराङकोटी,सह सचिवमा शान्ता खड्का सदस्यहरु थमन थापा,कुल बहादुर थापा नगरकोटी ,गोपाल भण्डारी,प्रेम भण्डारी मन्जु पुलामि,विष्णु दिसवा,रहनुभएको छ । त्यस्तै साधारण तथा अधिवेशनले घनबहादुर कार्कीको संयोजकत्वमा कर्ण बहादु कार्कीे र तारा प्रसाद भण्डारी सदस्य रहेको ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन गरेको हो ।

साधारण सभा तथा नवौ अधिवेशनका प्रमुख अतिथि तथा तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले डुम्रे दुग्घ कृषि सहकारीे संस्थाले कृषकको क्षमता अभिवृद्धिका लागि पु¥याएको योगदानको कदर गदै स्थानिय सरकारले निति तथा कार्यक्रम बनाएर नै अनुदान प्रदान गरेको तथा आउदा दिनमा पनि सहकारी मार्फत किसानहरुलाई निरन्तर सहयोग गर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले कृषि सहकारी संस्थाहरुका लागि अहिलेको परिस्थीती अवसरको रुपमा रहेकाले सदस्यहरु मार्फत उत्पादन र बजारीकरणमा लाग्नुपर्ने बताउनु भयो ।

अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीले सहकारी मार्फत धेरै कामको थालनी भएको र आगामी दिनमा संस्थाले आय आर्जनको क्षेत्रमा लगानी बढाउदै लैजाने समेत बताउनु भयो ।उहाँले सस्थाले आधुनिक प्राविधिमार्फत कृषिको थालनी गरेको पनि जानकारी गराउनु भयो ।

साधारण सभा तथा नवौ अधिवेशनले अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीकोे वार्षिक कार्यप्रगति तथा प्रतिवेदन ,व्यवस्थापक गोपाल जिसीको प्रस्तावित वाषिक निति तथा कार्यक्रम र लेखा संयोजक घनबहादु कार्कीको सहकारीको आर्थिक प्रतिवेदन सर्वसहमतले पारित गरेको थियो ।

साधारण सभामा संस्थाको वार्षिक आय —व्यय प्रतिवेदन प्रस्तुत गदै व्यवस्थापक गोपाल जिसीले २५ करोड बराबरको कारोबार संस्थाले गरेको र चालु आर्थिक वर्षमा ७ लाख ६२ हजार दुई सय उन्नाईस रुपैया खुद नाफा गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहाकार जिल्ला स्थित विभिन्न सहकारी संस्थाका अध्यक्षहरु तिनाउ गाउँपालिका वडा न. ६ का वडा अध्यक्ष , समाजसेवी कृषक सेयर सदस्यहरु ,सेयर सदस्यहरु पत्रकार तथा शुभेच्छुक लगायतले सहकारीले गरेको कामको चर्चा गर्नुभएको थियो ।
साधारण सभा अध्यक्ष दुर्गा बहादुर खाँण ठकुरीकोे अध्यक्षता,उपाध्यक्ष शंकर प्रसाद भण्डारी स्वागत मन्तव्य र व्यवस्थापक गोपाल जिसीको सन्चालनमा सम्पन्न भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च