नवलपरासी ।
पूर्वी नवलपरासीको गैँडाकोटमा हावाहुरीले कुखुराको खोरा भत्किदा दुई जनाको मृत्यु भएको छ । खोरले पुरिदा दुई बालक सामान्य घाइते भएका छन् ।
गैडाकोट ६ बोटे टोलमा बाँस र खरले बनाएको कुखुराको खोर अचानक आएको हावाहुरी र बर्षातका कारण भत्किँदा ३५ बर्षीया काँशीराम पौडेल र सोही स्थानमा डेरा गरी बस्ने कास्कीका ४० बर्षीय सूर्यबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
खोरले च्यापिएर गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा आइतबार साँझ निधन भएको प्रहरीले जनाएको छ । खोर भित्र सरसफाई गरिरहेको बेला एक्कासी खोर भत्किएको थियो । पौडेलका छोरा वर्ष ९ का प्रतिक पौडेल र भण्डारीका छोरा डेढ वर्षका सुमिन भण्डारीको अवस्था सामान्य रहेको छ ।
खोरले च्यापेर २ ओटा बाख्रा लगायत सयौं कुखुरा समेत मरेका छन् । खोरमा एक हजार कुखुरा रहेका थिए ।