आज विश्व रेडियो दिवस

१ फागुन,पाल्पा।
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च