अर्घाखाँची बल्कोट सम्पर्क समाज युएईमा नयाँ नेतृत्व, अध्यक्षमा पाण्डे निर्विरोध

 

बल्कोट सम्पर्क समाज युएईमा नयाँ नेतृत्व चयन भएको छ । संयुक्त अरब इमिरेट्स युएईमा रहेका बल्कोटेहरुको ५ औं भेलाले सर्वसहमतिमा पत्रकार उमाकान्त पाण्डेको नेत्रित्वमा नयाँ कार्यसमिती चयन गरेको हो ।

छत्रदेव बल्कोट ३ साजबोटका पाण्डे युएईमा सक्रिय पत्रकार पनि हुन । नव गठित कार्यसमितिको उपाध्यक्षमा गिरिराज पाण्डे, सचिव राहुल कुमाल मुस्कान, सह सचिव शेषकान्त न्यौपाने, र सहकोषाध्यक्षमा प्रकाश रायमाझी चयन भएका छन् । सदस्यहरुमा भिमबहादुर कुमाल, कमला मुस्कान र राजु घिमिरे रहेका छन् भने समाजको सल्लाहकारमा पूर्व अध्यक्षहरु टुमलाल पाण्डे, दिनामणी पाण्डे, खुमानन्द लामीछाने र संस्थाको संरक्षकमा इन्दिरा पराजुली रहेकी छन् ।

कार्यसमितिको कोषाध्यक्ष पद भने खाली छ । नवगठित कार्यसमितीले आगामी पहिलो बैठकबाट रिक्त पद पूर्ति गर्ने समाजका अध्यक्ष पाण्डेले जानकारी दिए । पाँचौ वार्षिक भेलाले समाजलाई थप उर्जाशिल रुपमा स्थापित गर्न दुबईमा रहेका सम्पूर्ण बल्कोटेहरुलाई संस्थामा आबद्ध गराउदै बल्कोटमा आइतबार बिहानबाट हालसम्म भईरहेको आगलागीका कारण ठूलो क्षती भएकाले दुःख ब्यक्त गरेको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अन्तर्गत साविकको बल्कोटबाट दुबई युएईमा आएर काम तथा बिभिन्न पेशा गर्दै गरेका युवाहरुले ५ वर्ष पहिले स्थापना गरेको बल्कोट सम्पर्क समाज युएईले जिल्ला तथा गाउँमा बिभिन्न सामाजिक काम गर्दै आएको छ । गाउँमा समस्यामा परेका, रोगबाट थलिएका आर्थिक अवस्था कमजोर भएका तथा गाउँठाउँमा परी आउने दैवी प्रकोप तथा बिभिन्न सामाजिक काममा समाजलाई सक्रिय रुपमा परिचालित गर्ने समाजका सचिव राहुल कुमाल मुस्कानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च