जनयुद्ध दिवसको अवसरमा पाल्पामा बिरामीलाई फलफूल वितरण

तानसेन। जनयुद्ध दिवसको अवसरमा पाल्पामा बिरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा (माओवादी केन्द्र)ले दिवसको अवसरमा पाल्पा अस्पतालमा उपचाररत बिरामीका लागि फलफूल वितरण गरेको हो ।

२८ औं जनयुद्ध दिवसका अवसरमा असक्त र अस्पतालमा उपचारत बिरामीकाे उपचारमा सहयाेग स्वरुप फलफूल वितरण गरिएको मोओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि, जिल्ला पार्टीका नेता कार्यकर्ता, विद्यार्थीसहित अन्य भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरुकाे सहभागितामा बिरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले बताए ।

बिरामीको स्वास्थ्य उपचारमा पनि पार्टीले चासो दिएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् । उपचारको क्रममा सहगोग गरेकोमा बिरामीहरुले पनि माओवादी केन्द्रलाई धन्यवाद दिएका छन् । देशको राजनीतिक परिवर्तनमा कुनै बेला सुरु भएको द्धन्द्धले अहिले सार्थकता पाएको र समाज रुपान्तरण र आर्थिक समृद्धि हासिल गर्नेतर्फ अबको नेतृत्वले सोच्नुपर्ने बिरामीहरुले सो बखत बताएका थिए।

यसैबीच जिल्लाका अन्य स्थानमा पनि जनयुद्ध दिवसका अवसरमा सरसफाई तथा सचेतनामूलक कार्यहरु भएका छन् । रिब्दीकोट गाउँपालिकाले धार्मिक पर्यटकीय स्थल जलेश्वरमा सरसफाई गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए।

वि.सं २०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, सङ्घीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका कारण देशको राजनीतिक परिवर्तनमा महत्वपूर्ण दिनको सुरुवात भएकोमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च