कर्मचारी युनियन लुम्विनि प्रदेशको अधिबेशन-अध्यक्षमा अमित रेस्मी

बुटवल । नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन लुम्बिनि प्रदेशको ११ अधिबेशनले अमित रेस्मी मगरको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमित चयन गरेको छ । अधिबेशनले उपाध्यक्षमा लुमाकान्त पाण्डे सचिव दिनेश पाण्डे, सहसचिव सचिन श्रेष्ठ र कोषध्यक्षमा मनोज भण्डारीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

तेस्तै कार्यसमितिको सदस्यहरुमा मुकुन्द जोसि, सुनिल रावत, खुमबहादुर खत्रि, रमेश केसी, केस बहादुर मल्ल, तिलाचन पाण्डेलाई चयन गरेको छ । अन्य सदस्यहरुमा कुसराज अर्याल, धुव्रराज ज्ञवालि, पुनराम चौधरी, लोक बहादुर वियम्वु, बिष्णु मायाँ अर्याल, जगत भुसाल, कल्पना खनाल, नारायण बस्याल, नारायण थापा, जितेन्द्र नायक, सिताराम चौधरी, प्रमिला भुसाल, कमला न्यौपाने, भिमा अस्लामी मगर सुभास काप्ले, उर्मिला साहा, विजय विक्रम सोमरेलाई अधिवेशनले सर्व सम्मत चयन गरेको छ ।

लुम्विनी प्रदेशको ११ औं अधिवेशनले निवर्तमा अध्यक्ष कल्पना थापा सहित ३१ सदस्य केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको छ । निर्बाचित कार्य समितिलाई नेपाल विद्धुत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय संयोजक रामकुमार थेवेले बधाई तथा सुभकामना दिए । थेवेले मुलुक अस्थीरताको खाडलमा फसेकाले युनियनका सवै प्रतिनिधि इमान्दार भएर काम गर्न आग्रह गरे ।

उनले प्रदेशका केहि कर्मचारी अझै पनि भ्रममा रहेकाले स्पष्ट विचारधाराका ब्यक्तीहरुलाई युनियनमा आवद्धता गराउन र कर्मचारीहरुको हित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले मात्रै गर्न सक्ने बताए । कार्यक्रममा निवर्तमा अध्यक्ष कल्पना थापाले प्रदेशका हरेक कर्मचारिको भावना बुझेर काम गर्न नयाँ निर्वाचित कार्यसमितिलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च