पाल्पा। पाल्पामा शहिद सप्ताहा शहिद परिवारलाई सम्मान गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो । एक पालिका एक कार्यक्रम अन्तर्गत जिल्लाका दशवटै पालिकामा सप्ताहाव्यापी शहिद सप्ताहा कार्यक्रमको आयोजना गरि ५० भन्द बढी शहिद परिवारलाई सम्मान गरिएको छ ।
मुलुकको परिवर्तनको निम्ती बलिदानी दिएका शहिदको सम्झनामा सप्ताहा व्यापी कार्यक्रम गरिएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताए । सप्ताहा व्यापी शहिद सम्मान कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जिल्ला संयोजक गैरेले मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहिद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको बताएका थिए । जनयुद्धको अपेक्षा अवस्था परिवर्तन मात्रै नभएको भन्दै मुलुक भित्रै स्वरोजगारी,शिक्षा,स्वास्थ्य र पूर्वाधार सहितको विकासलाई जनयुद्धले पूर्णता दिन नसकेको उनले बताए।
शहिद परिवारका सदस्य लक्ष्मण रसाईलीले मुलुकको नेतृत्वमा पुगेर बागडोर समालेका प्रचण्डले जनयुद्धको भावना विपरित काम गरेको बताउनुभयो । सर्वहारा जनताका छोराछोरीले लडेको जनयुद्धले पनि शहिदका अपेक्षा पुरा गर्न नसकेको उनले बताए । शहिद सप्ताहा कार्यक्रममा नेकपा बहुमतका नेता कार्यकर्ताको उल्लासपुर्ण सहभागिता रहेको थियो । शहिद सप्ताहा कार्यक्रमको सहजीकरण जिल्ला समिति सदस्य विजय सारुले गर्नुभएको थियो । जनयुद्धमा लडेको मुलधारको पाटीले सम्मान दिन नसके पनि बहुमतले गरेको सम्मानले शहिद परिवारलाई राहत मिलेको प्रति खुशी व्यक्त गरेका छन ।