भुमिकास्थानले १५ सय भिटियम किट खरिद गर्ने

जेठ १८ ,अर्घाखाँची ।
कृष्ण परियार
भुमिकास्थान नगरपालिकाले क्वारेन्टिनमा बसेकाको पिसिआर परिक्षण गर्न १५ सय थान भिटियम (VTM) किट खरिद गर्ने भएको छ । भिटियम किटले कोरोनामा हुने भाइरसलाइ प्रयोगशाला सम्म जिबितै पुर्याउन सहयोग गर्नेगर्छ ।

पछिल्लो समयमा भारत तथा छिमेकी जिल्लाबाट नगरमा भित्रिएर क्वारेनटाईमा बस्दै आएका नागरिकको परिक्षण गर्न उक्त किट खरिद गर्न लागिएको नगर प्रमुख रेशम थापाले बताए । नगरपालिकाले नगरको वडा नं. १ र २ को क्वारेनटाईनमा रहेका १३ जनाको परिक्षण गरेको छ । परिक्षण गरेका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

परिक्षणको दायर बढाएर सहज बनाउन १ जना ल्याव टेक्निसियन नियुक्त गर्ने निर्णय समेत गरेको नगर प्रमुख थापाको भनाइ छ ।

पछिल्लो समयमा कोरना माहामारी कारण भारत तथा अन्य जिल्लाहरुमा रोजगारी तथा अन्य कामको शिलशिलामा रहेका नागरिकहरु नगर भित्रिरहेका छन् । भारतका विभिन्न नाकाहरुमा अलपत्र परेका नागरिकहरुलाई नगरपालिकाले आफ्नै पहलमा उद्धार गरी अहिले क्वारेनटाइनमा राखेको छ ।

नगरभित्रका १० वटै वडाहरुमा रहेका सम्पुर्ण विद्यालयमा क्वारेनटाईन निर्माण गरी नागरिकहरु राखिएको नगर उपप्रमुख खडानन्द बेल्बासेले बताए । बेल्बासेका अनुसार अनुसार अहिलेसम्म करिव १२ सय जना क्वारेनटाईनमा रहेका छन् ।

नगरपालिकाले अहिलेपनि नगरभित्रका नागरिकहरु अलपत्र परे वा अप्ठारोमा परे उद्धार गर्ने जनाएको छ ।नगरपालिकाले केहिदिन अघि नागरिकहरुलाई आफुहरु रहेकै ठाउमा सुरक्षित बस्न आग्रह गरेको थियो ।

नगर उपप्रमुख बेल्बासेले अहिले पनि अप्ठारो अवस्थामा बाटोमै अलपत्र परेका नागरिकहरुलाई उद्धार गरी क्वारेनटाईनमा बस्ने व्यवथा मिलाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च