गोखुङ्गामा रहेको रैनादेबी मन्दिरको शिलान्याश

पाल्पा-पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको समग्र धार्मिक,ऐतिहासिक,पुरातात्त्विक इतिहास बोकेको रैनादेबी मन्दिरको शिलान्यास भएको छ । गाउँपालिकाको वडा न ३ को गोखुङ्गामा रहेको रैनादेवी मन्दिरको पुन निर्माण गर्ने क्रममा सोमबार मन्दिरको शिलान्याश गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र वडा न ३ वडाध्यक्ष प्रदिप पौडेलले गर्नुभएको हो ।

मन्दिरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष भट्टराईले समग्र रैनादेबी गाउँपालिकाको इतिहास बोकेको मन्दिरलाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको रूपमा विकास गर्नका लागि मन्दिर पुन निर्माण गर्न लागिएको बताउनुभयो । स्थानीय तहमा निर्वाचनको क्रममा रैनादेबी छहरा गाउँपालिकालाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको रूपमा अगाडि बढाउने बाचा सहित घोषणा पत्र लिएर नागरिकहरूको घरघरमा पुगेको बताउदै सोहि बमोजिम हाल गाउँपालिकाले रैनादेबी मन्दिरको शिलान्यास गरेको बताउनुभयो ।

गाउँपालिकाले हाल पालिकालाई धार्मिक पर्यटकिय गन्तव्य स्थलको रूपमा विकास गरि आन्तरिक एवम बाह्य पर्यटकहरूको आगमनमा वृद्धि गर्नका लागि पालिकाका ८ वटै वडामा रहेक धार्मिक स्थल एवम पर्यटकिय सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गरि उक्त क्षेत्रहरूलाई गन्तव्य स्थलको रूपमा विकास गर्न गाउँपालिकाले विशेष योजनाका साथ अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । ऐतिहासिक रैनादेवी मन्दिरको पुन निर्माण गर्नको लागि गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा बजेट बिनियोजन गरेको थियो र स्वीकृत बजेट अनुसार ठेक्का सम्झौता भई पुननिर्माण सुरु भएको छ ।

गाउँपालिकाले हाल मन्दिरकाे पुन निर्माणका लागि शिलान्यास गरेको छ । मन्दिरकाे पुन निर्माण पश्चात् समग्र पश्चिम पाल्पाको धार्मिक ऐतिहासिक एवम आस्थाकाे केन्द्रकाे रूपमा विकासित भइ आन्तरिक एवम बाह्य पर्यटकहरूकाे आगममा वृद्धि सँगै नागरिकहरूकाे आयआर्जनमा वृद्धि गरि जीवस्तरमा समेत वृद्धि गर्ने अपेक्षा सहित गाउँपालिका अगाडि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च