पाल्पा । रैनादेविछहरा गाउँपालिका पाल्पा जिल्लाको पश्चिममा रहेको गाउँपालिका हो । आर्थिक वर्ष २०७९ ८० मा यस गाउँपालिकामा विभिन्न क्षमता वृद्वि तालिम , पुर्व प्राथमिक तहमा अध्यापनरत सहजकर्ताहरूका लागि क्षमता अभिवृद्धि तालिम,पत्रकारीता तथा उधोषण तालिम,लक्षित वर्गमा आधारित विभिन्न किसिमका थुपै तालिम पालिकाले सम्पन्न गरिसकेको छ ।अन्य पालिकाको तुल्नामा फरक काम गदै आएको यस रैनादेवि छहरा गाउँपालिकाले फेरि नि.शुल्क शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरेर जनताको मन जितेको छ । यहि जेठ महिनाको २० गते हुन लागेको शिक्षक सेवा आयोग परीक्षालाई लक्षित गरी नि.शुल्क तयारी कक्षा सञ्चालन गरेको गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले बताउनु भयो ।
उपाध्यक्ष थापाले शिक्षकहरूको सफलताका लागि गाउँपालिकाले महत्वपूर्ण निर्णय गरी वार्षिक निति तथा कार्यक्रममै उपाध्यक्ष सगँ युवा कार्यक्रम समावेश गरी शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेकाले पालिकाको अपेक्षा समेत पूरा हुनेगरी तयारीमा लाग्न सहभागीलाई आग्रह गनुभयो । तालिमले परिक्षमा सहभागी हुन तयारीमा जुटेका लाई थप उत्प्रेरणा तथा सिकाई मिल्ने हुनाले नि शुल्क सञ्चालन गरेको उँहाको भनाई थियो ।
गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले शिक्षामा स्थानिय शिक्षकको भूमिका महत्वपूर्ण रहने र बाहिरबाट आउने जाने शिक्षक हुने गरेका कारण शिक्षा क्षेत्र एवं विद्यालयको पठनपाठन समेत प्रभावित भएकाले स्थानिय करार र राहत शिक्षकहरुलाई आयोगमा सफल गराउन यो प्रयास थालिएको बताउनु भयो ।
शिक्षाको विकासका लागि शिक्षक स्वयम खटिनुपर्ने र त्यसका लागि शिक्षकको आफ्नै स्थायित्व महत्वपूर्ण हुने भएकाले समय सान्दर्भिक आयोग तयारी महत्वपूर्ण ठानी नमुना कार्यक्रमको रुपमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको बताउदै लोकसेवा पढ्नका लागि तानसेन,बुटवल जानुपर्ने तर अहिले पालिकाले घर आगनमै लोक सेवा तथा शिक्षक सेवा पढ्ने व्यवस्था मिलाएको हुदाँ सहभगीहरुले यसको राम्ररी फाईदा लिनुपर्ने बताउनु भयो ।
लेखा अधिकृत लिलामणी बस्यालले मेहनत गर्नेहरुका लागि पालिकाले अवसर दिएको बताउदै तयारीमा जुटेकालाई थप ज्ञान,शिप तथा धारणको विकास हुने विश्वास व्यक्त गदै,सिघै रोजगारी सगँ जोडने प्रयास का साथ पालिकाले तयारी कक्षा सञ्चालन गरिएको र यसले अस्थायी, करार, राहत शिक्षकहरू विस्तापित नगराई स्थायी सेवामा प्रवेश गराउन सफलता मिल्ने विश्वास रहेको बताउनु भयो ।
अध्यक्ष रुक्माङ्गत भट्टराई प्रमुख अतिथि रहनुभएको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष युवराज थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लेखा अधिकृत लिलामणी बस्यालले गर्नुभएको थियो ।
नि.शुल्क रुपमा सञ्चालन गरीएको शिक्षक सेवा आयोगको तयारी कक्षा जेठ ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने पालिकाले जनाएको छ ।