जेठ २०, कपिलवस्तु ।
कपिलवस्तुमा मंगलबार ४८ कोरोना संक्रमित थप भएका छन्। मायादेवी गाउँपालिकामा १० महिने बालक र ८० वर्षका वृद्धमा समेत कोरोना देखिएको छ। यसै गरी शिवराज नगरपालिकाका क्वारेन्टाइनमा खटिएका एक महिला स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण भएको छ।
मंगलबार थप हुनेमा शिवराज नगरपालिकामा १५ जना, महाराजगन्ज नगरपालिकामा १ जना, मायादेवी गाउँपालिकामा ३२ जना रहेका छन्। तीमध्ये १२ जना महिला हुन्। यो थप भएसँगै जिल्लामा संक्रमितको संख्या ३ सय ६५ पुगेको छ ।