जेठ २६, अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाका उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए।
भारतलगायत अन्य क्षेत्रबाट आएकाहरुको सेवामा लागिरहँदा कोरोनाको संक्रमण देखिएको हुन सक्ने उपमेयरले बताए।उनले भने नगरपालिकाभन्दा बाहिर गएको छैन स‘क्रमितहरुबाट सरेको हुन सक्छ।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। घरमै आराम गर्ने भन्दै उनले ‘कोरोनालाई जित्छु भन्ने आत्मविश्वास भएको बताए । आत्मबल बलियो बनाएको र छिट्टै निको भएर जनताको सेवामा फर्किने उनले बताए।
भारतबाट आएकाहरुको प्रत्यक्ष सम्पर्कमा गएकाले उनलाई कोरोना लागेको हुन सक्ने अनुमान गरिएको छ। नगरपालिकाका मेयरको पनि स्वाब परिक्षणको लागी पठाइएकोमा रिपोर्ट भने नेगेटिभ आएको छ।