कोरोना विशेष अस्पतालबाट तीनजना डिस्चार्ज

जेठ २७, दाङ ।
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट तीनजना डिस्चार्ज भएका छन्।

मंगलवार बिहान डिस्चार्ज भएका रुपन्देहीका बिरामी रहेको अस्पतालका सदस्य सचिव डा. सर्बेश शर्माले जानकारी दिए।

अस्पतालमा करिब १८ दिन बसेर उनीहरुले कोरोनालाई जित्दै आज डिस्चार्ज भएका हुन् । योसँगै कोरोना विशेष अस्पतालबाट २१ जना डिस्चार्ज भइसकेका छन्।

अस्पतालमा अहिले ४८ जना कोरोना संक्रमितहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च