नवलपरासी र चितवनमा ५ जना कोरोना संक्रमित थपिए

जेठ २८, काठमाडौं ।
पूर्वी नवलपरासीमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गैंडाकोट नगरपालिकाका २ जना र देबचुली नगरपालिकाका एक जना कोरोना संक्रमण देखिएको हो।

आज भेटिएका संक्रतिमा गैंडाकोट नगरपालिका वडा नम्बर १३ र १४ का दुई पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, देबचुली नगरपालिका– ४ का ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरु सबै भारतवाट आएर स्थानीय क्वारेन्टिनमा बस्दै आएका थिए ।

यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनको कालिका नगरपालिका ६ जुटपानीका २० वर्षीय पुरुष र भरतपुर महानगरपालिका ५ का २८ वर्षीय पुरुष्मा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च