कोरोना नियन्त्रणका लागि सरकारले गरेको खर्चको हिसाब माग

बुटवल।
प्रदेश ५ को अस्थायी राजधानी बुटवलका युवाहरूले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको खर्चको हिसाब माग गरेका छन् । शुक्रबार बुटवलमा र्‍याली निकालेका युवाहरूले दस अर्बको हिसाब मागेका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले हालसम्म करिब दस अर्ब खर्च भएको बताएको छ ।
सरकारलाई खर्चको विवरण सार्वजनिक गर्न सरोकारवाला निकायहरूले आग्रह गरिरहेका छन् ।

प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा शुक्रबार स्वतस्फूर्त रूपममा सडकमा निस्किएका युवाहरूले बुटवलस्थित पुष्पलाल पार्कमा भेला भई कोरोना भाइरस९कोभिड–१९० को रोकथाममा सरकार संवेदनशिल नभएको,जातीय विभेद अन्त्य गर्न, सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने , संक्रमण रोकथममा भएको खर्च पारदर्शी गर्नुपर्ने , क्वारेन्टाइन व्यवस्थित गराउनुपर्ने माग गरेका छन् ।

जुलुसमा सहभागी युवाहरूले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै सांकेतिक विरोध गरेका थिए
युवाहरूले विभिन्न प्लेकार्ड सहित पुष्पलाल पार्क,हस्पिटल लाइन , बसपार्क लगाएतका क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् ।

तीन तहकै सरकारले काम गर्न नसकेका कारण नागरिकले दुःख पाएको शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवाहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च