एक सय ७० जना कोरोना संक्रमित डिस्चार्ज

नेपालगञ्ज ।
बाँकेमा एक सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार, जिल्लाबाट धमाधम कोरोना संक्रमित घर फर्किरहेका छन् । निर्देशिकामा १४ दिन अस्पतालको आइसोलेशन वा आइसोलेसन सेन्टरमा बसेका संक्रमितलाई पुनः जाँच नगरी घर पठाउन सकिने उल्लेख छ । त्यही निर्देशिकालाई टेकेर बाँकेमा १४ दिन पुगेका संक्रमितलाई घर पठाउने काम भइरहेको छ ।

पछिल्लो पटक डुडुवाका आठजना डिस्चार्ज भएका छन् । डुडुवामा सुरुवाति चरणमा कोरोना भाइरसको संक्रमण देखिएकाहरु घर फर्किएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले डुडुवामा आठजना डिस्चार्ज भएसँगै बाँकेमा एक सय ७० जनाले कोरोनालाई जितेको जानकारी दिए । उनका अनुसार, अब जिल्लामा एक सय २५ जना संक्रमित उपचारमा छन् । उनीहरुको १४ दिन पुगेको छैन ।

सरकारले लकडाउनलाई खुकुलो बनाउँदै बजार खोलिसक्दा र पुनः जाँच नगरी संक्रमितलाई घर पठाउँदा एकथरीले जोखिम बढ्न सक्ने आँकलन गरेका छन् । तर, विश्व स्वास्थ्य संगठनले १४ दिन आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बस्दा लक्षण नदेखिएका संक्रमितमा भाइरस बृद्धि नहुने र उसबाट अरुमा नसर्ने दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च