दाङ ।
जुवा खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। राजपुर गाउँपालिका – ५ चंगुवास्थित सुरेन्द्र चौधरीको घरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गढवाको टोलीले छापा मार्दा ८९ हजार ९ सय ८० रुपैँयासहित १३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका– ५ का दिपक यादव, भिमबहादुर भण्डारी, हरीगोविन्द यादव, भुनेश्वर चौधरी, कुलदिप शर्मा, अनिराग भण्डारी, रोशन भण्डारी, वडा नम्बर ७ बनकट्टीका प्रेम ओली, सनोज कुमार चौधरी, लमही नगरपालिका – ७ निवासी सरोज चौधरी, विकास थापा, ८ नम्बर निवासी रञ्जित चौधरी र भुपबहादुर थापालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गढावाका प्रहरी निरिक्षक भरतसिंह राठोरले जानकारी दिए।
आइतबार म्याद थप गरी जुवा ऐन अन्तर्गत मुद्दा चलाउने र सोही बमोजिम कारबाही गरिने निरिक्षक राठोरले जानकारी दिए।