दुर्गाप्रसाद अर्याल
हिन्दु महिलाहरूकाे महान पर्व हरितालीका तिजकाे उपलक्ष्यमा सदाका बर्ष जस्तै याे वर्ष पनि नेपाल शिक्षक संघ तानसेन नगर समितिले शिक्षक संघमा आबद्ध सदस्यहरू विच शुभकामना आदन प्रदान कार्यक्रम आज तानसेनमा एक समारोहका बिच सम्पन्न गरेकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि नेपाल शिक्षक संघकाे पूर्व अध्यक्ष धनकला गाहाले शुभकामना मन्तव्य दिने क्रममा आज भाेली तिज पर्व मनाउने क्रममा अत्याधिक विकृति माैलाउदै गएकाे र यसकाे प्रभाव तिजका गीतहरूमा , दर खाने काम हाेटल ,रिसाेर्ट र पाटी प्यालेसमा हुन् थालेकाे , देखासिकी बढ्दै जादा पर्व मनाउने क्रममा फजुल खर्च बढ्दै गएकाे र यी पक्षमा सुधार गर्दै यसकाे माैलिक पन बचाउन लाग्नु पर्ने पक्षमा जाेड दिनु भयाे ।
कार्यक्रमकाे नगर अध्यक्ष केशरी बस्नेत ले नेपाल शिक्षक संघ तानसेनकाे कार्यतालिका अनुसार उक्त कार्यक्रम गरिएकाे र विशेष गरेर नेपाली महिलाहरूकाे महान पर्व भएकोले यसकाे माैलिक पक्षलाई जाेगाउदै आफ्नाे हैसियत अनुशार मनाउनु पर्नेमा जाेड दिनु भयाे ।
कार्यक्रममा स्वागत मन्तव्यका क्रममा नगर उपाध्यक्ष कमल अर्यालले याे कार्यक्रम सफल पार्नका लागि उपस्थिति हुनुहुने सम्पूर्ण मा हार्दिक धन्यवाद दिदै तिज पर्वकाे सास्कृतिक र परम्परागत महत्त्व वारे प्रष्ट पार्नु भएको थियाे । कार्यक्रममा शुभकामना आदन प्रदान तथा दर खाने कार्यक्रम पनि गरिएकाे थियाे