शर्माको शोकमा आज सबै स्थानीय तहका कामकाज बन्द

असार १, नवलपरासी ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको शोकमा सोमबार जिल्ला समन्वय समितिसँगै सातवटै स्थानीय तहका कामकाज बन्द हुने भएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले एक विज्ञप्ती जारी गर्दै शर्माको शोकमा जिल्ला समन्वय समिति र जिल्लाका सबै स्थानीय तहहरुको कामकाज सोमबार एक दिन बन्द रहने जनाएका छन्। शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ।

अध्यक्ष शर्माको आइतबार सडक दुर्घटनामा निधन भएको थियो। जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागिता जनाउन जाँदै गर्दा शर्मा सवार लु १ झ ३७० नम्बरको जिप पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरमा पुलमा दुर्घटना भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च