असार ३, गुल्मी ।
गुल्मीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै जिल्लामा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य कार्यलय गुल्मीले जनाएको छ। मंगलबार राति थपिएका संकंमितहरुमा ९ जना रेसुंगा नगरपालिकाका र १ जना सत्यबती गाउँपालिकाका रहेको स्वास्थ्य कार्यलय गुल्मीका सूचना अधिकारी पशुपति आर्चायले जानकारी दिए।
मंगलबारै साँझ १६ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरु इश्मा गाउँपालिकाका ९ जना, मालिका गाउँपालिकाका २ जना, गुल्मीदरबार गाउँपालिकाका ४ जना र रेसुंगा नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको आर्चायले जानकारी दिए। संक्रमित हुनेहरुमा १ बर्षका बालकदेखि ३९ वर्ष सम्मका सबै पूरुषहरु रहेका छन् ।
जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये कालीगण्डकी गाउँपालिकामा बाहेक अन्य सबैमा संक्रमण फैलिएको छ। जिल्लामा कोरोना संक्रमणका कारण २ जनाको निधन भएको छ भने २ जना उपचार पछि निको भएका छन्।