असार ६, दाङ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक तथा सबै सेवा बन्द भएको छ।
प्रष्ठिानका प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार दुई दिन सबै सेवा बन्द हुनेछ। शुक्रबार एक चिकित्सक, दुई नर्स र १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो।
देवअनुसार ३९ वर्षीय चिकित्सक, ३४ र २५ वर्षीया र ४२ वर्षीय १ पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको होे । प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सकलगायत सबैको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने देवले बताए।
दुई दिनसम्म प्रतिष्ठानमा कुनै पनि विरामी भर्ना नलिने समेत जनाएको छ।