बिहार र उत्तरप्रदेशमा चट्याङ लागेर १०७ जनाको मृत्यु

एजेन्सी ।
उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आइनसकेको जनाइएको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

घटनाप्रति दुःख व्यक्त गर्दै बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार÷चार लाख रुपियाँको राहत घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

भारतको मौसम विभागले बिहारमा अबको तीनदिनसम्म भारी वर्षा हुने चेतावनी जारी गरेको छ । भारी वर्षाका कारण जन धनको क्षती हुने, तल्लो स्थान जलमग्न हुने, यातायात र विजुली आपूर्ती अवरोध हुने र नदीको जलस्तरमा वृद्धि हुनसक्ने चेतावनी दिइएको छ ।

शुक्रबारका लागि राज्यका लगभग १० जिल्ला रेड जोन घोषित गरिएको छ । यसमा पूर्वी चम्पारण, पश्चिमी चम्पारण, गोपालगञ्ज, सितामढी, मधुबनी, सुपौल, अररिया, किशनगंज, पूर्णिया, सहरसा र मधेपुरामा अत्यधिक वर्षा हुने आशंका जताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च