नेकपा स्थायी कमिटि बैठक आज पनि वस्दै,पार्टीभित्रको विवाद पेचिलो बन्दै

असार १७,काठमाडौं ।
नेकपा स्थायी कमिटिको बैठक आज पनि वस्दैछ । हिजो वसेको स्थायी कमिटिको वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा दिनुपर्ने माग औपचारिक रुपमा प्रवेश भएको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेका छन् । मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारत आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागेको भन्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीलाई नेताहरुले त्यस विषयमा स्पष्टिकरण मागेका हुन्।

स्थायी समितिमा भएका कुराहरु भारतीय मिडियामा जस्ताको तस्तै आएको सुनाउँदै प्रधानमन्त्री ओलीले भारत आफूलाई हटाउन लागेको दोहोर्‍याउनु भएको थियो । त्यसपछि अध्यक्ष दाहालले तपाईको राजिनामा भारतले होइन मैले मागेको हो भन्दै प्रधानमन्त्री र अध्यक्ष पद दुवै छाड्नुस भन्नुभएको थियो ।

बैठक मूलतः प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र प्रधानमन्त्रीबाट पार्टीका नेताले मागेको स्पष्टीकरणमा केन्द्रीत रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा विहान ११ बजे पछि वैठक वस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च