सूर्यभन्दा तेजिलो विशाल तारा एकाएक गायब, खगोलशास्त्री चकित

काठमाडौं ।
पृथ्वीबाट करिब ७ करोड ५० लाख प्रकाश बर्ष दूरीस्थित एक विशाल तारा अचानक गायब भएको घटनाले खगोलशास्त्री चकित परेका छन् ।

कुनै तारा सुपरनोवा बन्नु अगाडि नै ब्ल्याकहोलमा समाहित भएको यस्तो घटना पहिलो भएको उनीहरुले अनुमान गरेका छन् ।

नीलो रंगको यो तारा किनम्यान डवार्फ आकाश गंगामा थियो । युरोपियन सदर्न अब्जर्भेटरी(ईएसओ) को भेरी लार्ज टेलिस्कोपको मद्दतबाट उक्त तारा विलाएको पत्ता लागेको हो ।

धेरै दुरीका कारण यो तारालाई देखिएको थिएन तर डिटेक्ट गरिएको थियो । यसको मद्दतबाट बैज्ञानिकहरु पनि यति ठूलो तारा कसरी मर्छ भनी खोजिरहेका थिए ।

यो तारा सूर्यभन्दा २५ लाख गुणा तेजिलो थियो । यो सन् २०११ देखि २०१९ को बीचमा गायब भएको अनुमान गरिएको छ । तारा यसरी एकाएक हराउनुलाई बैज्ञानिकहरुले धूलोले ढाकेको हुन सक्ने पनि अनुमान गरेका छन् । -नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च