रक्तसंचार केन्द्र बुटवललाई प्रदेश सरकारद्धारा नया उपकरण सहयोग

असार २०,बुटवल ।
प्रदेश ५ सरकारले नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवललाई रगत सेपेरेसन, एजिटेटर, रेफ्रिजेरेटर, सिल्लार मेशिन र मोनिटर लगायत उपकरणहरु सहयोग गरेको छ ।

शनिबार एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगदिशचन्द्र आचार्य, केन्द्रीय सदस्य सुदर्शन नेपाल, सल्लाहकार चित्रमान गौचन, प्रदेश ५ का सचिव कृष्ण पंगेनी, केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले उपकरणहरु सार्वजनिक गरेका छन ।

ब्लड बैक सुदृढीकरण अन्तरगत नेपाल सरकार पाच नम्बर प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वस्थ्य निर्देशनालयको सहयोगमा मेशिन उपलब्ध भएको केन्द्रका जिल्ला सभापति प्रेमलाल उदासले बताए ।

उपकरणहरु मूल्य २९ लाख ७७ हजार ५ सय ५० रुपैया रहेको उनले बताए । यसमध्ये २० प्रतिशत रकम ब्लड बैकले ब्यहोर्ने उनले बताए । नया उपकरणहरुले डेगु, मलेरिया, क्यान्सर लगायतका बिरामिलाई आवश्यक पर्ने पिआरपि, एफएफपि रगत बनाउन सहज हुने उनले बताए । केन्द्रका ल्याब सदस्य सचिव जोग बहादुर गुरुङले नया उपकरण पहिलेको भन्दा दोब्बर क्षमताको भएको बताए ।

बुटवल केन्द्र संचालनमा रहेको उपकरण भैरहवा शाखालाई हस्तान्तरण गरिने उनले बताए । केन्द्रमा प्राविधिक र कर्मचारी गरि १४ जनाले सेवा दिदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च