पार्टीलाई एकढिक्का राख्न जनप्रतिनिधिको अपिल

असार २४,बुटवल ।
नेकपाबाट निर्वाचित रुपन्देहीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले पार्टीको शीर्ष तहका देखिएको विवाद हल गरी एकताको सन्देश दिन अपिल गरेका छन् ।

पार्टीको शीर्ष तहमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जनप्रतिनिधिले कार्यकर्ताको भावना बुझेर एकतावद्ध रुपमा अघि बढ्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

नेकपाबाट निर्वाचित रुपन्देहीका स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको मणिग्राममा सम्पन्न बैठकले पार्टी केन्द्रमा देखिएको विवादप्रति सामूहिक धारणा बनाउँदै पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको हो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, ओमसतिया, सियारी, शुद्धोधन र कञ्चनका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । बैठकबाट उनीहरुले आफूहरु टुटफुट होइन एकताबद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा रहेको बताउँदै स्थानीय जनताको सेवामा समर्पित हुने र सिंगो जनताको समृद्धि प्राप्तिको लागि एक ठाउँमा उभिने निर्णय गरेका छन् ।

जनताको अभिमत, कार्यकर्ताको अपेक्षा र राष्ट्रको आवश्यकता अनुसार पार्टी नेतृत्व एकताबद्ध भई जनतामा सकारात्मक सन्देश पु¥याउन जनप्रतिनिधिहरुले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च