नेपाल आयल निगमले घटायो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

१९ चैत, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले तीन वटै पदार्थमा १०र१० रुपैयाँका दरले मूल्य घटाएको हो । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।अब पेट्रोलको भाउ प्रतिलिटर ९६ रुपैयाँ कायम भएको छ । डिजल र मट्टीतेल ८५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।
२०२०, १ अप्रिल मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार नेपाल आयल निगमले ले मूल्य घटाएको हो । घटाएको मूल्य आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ ।

आन्तरिक हवाई इन्धनको भाउ १५ रुपैयाँले घटेर ७५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको मूल्य प्रतिलिटर शून्य दशमलव ९५ डलर कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ३ गुणा घटे पनि आयल निगमले नघटाउँदा चौतर्फी आलोचना भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च