एजेन्सी । कोभिड नाइन्टिनको महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीको सम्मानमा विश्वका चर्चित कलाकारले अनलाइन कन्सर्ट गरेका छन् ।
इन्टरनेटमा प्रसारित कार्यक्रमलाई ‘वन वल्र्ड–टुगेदर एट होम’ नाम दिइएको थियो । उनीहरुले आ–आफ्नै घरबाट गीत गाएका थिए ।
यो कार्यक्रम कोरोनाको महामारीसँग जुध्नका लागि विश्व स्वास्थ्य संगठनलाई आर्थिक मद्दत गर्ने उद्देश्यबाट गरिएको थियो ।
लेडी गागासँग मिलेर ग्लोबल सिटिजन र डब्ल्यूएचओले मिलेर अनलाइन कन्सर्ट आयोजना गरेका थिए । अनलाइन कन्सर्ट आठ घण्टासम्म चलेको थियो ।
अनलाइन कन्सर्टमा रीता ओरा, जमीला जमील, एन्ड्रा डे, भारतीय गायक विशाल मिश्रा, प्यूर्टो रिको, लुई फन्सी, ब्यान्ड द किलर्स, शेरिल क्रो, एडम लाम्बार्ट लगायतका एक सय जना कलाकारले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।