प्रदेश सरकारले ल्यायो कोरोना ट्रेसिङ एप्स संचालनमा

बुटवल ।
प्रदेश ५ सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण सतर्कताका लागि नेपाल कोभिड–१९ ट्रेसिङ एप सञ्चालनमा ल्याएको छ । लकडाउनको अवस्थामा रहेका बेला प्रकोपविरुद्ध लड्न एप्सले महत्वपूर्ण भूमिका खेल्ने प्रदेश सरकारको भनाइ छ ।

अफलाइनमा पनि चलाउन मिल्ने र संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने प्रदेश सरकारले जनाएको छ । यो एपले कोभिड–१९ का संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको विवरण पत्ता लगाउन मद्दत गर्नेछ ।

यो एप्स प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://cm.p5.gov.np/ गई डाउनलोड गरी प्रयोग गर्न सकिने छ । ब्लुटुथमा आधारित भएकाले नियमित इन्टरनेट वा मोबाइल डाटा प्रयोग गरिरहन नपर्ने, अफलाइन र अनलाइन दुवै अवस्थामा चलाउन सकिने मुख्यमन्त्रीले आफ्नो आधिकारी पेजमा भनेका छन् । अफलाइन चलाउँदा संकलित विवरण अनलाइनमा हुँदा स्वतः अपडेट हुने सुविधा रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

‘सिंगापुर, दक्षिण कोरियाजस्ता देशले समेत कोभिड १९ को नियन्त्रणका लागि यो प्रविधि प्रयोग गरिरहेका र भर्खरै मात्र पनि भारतले यो प्रविधिको प्रयोगमा ल्याएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोभिड १९ नियन्त्रण एवम् व्यवस्थापनका लागि मात्र यो एप्स प्रयोग गरिनेछ । त्यसैगरी यसको प्रयोग गरिरहँदा प्रयोगकर्ताको सूचना पूर्णतया गोप्य रहने पनि दाबी गरिएको छ ।
एप्स प्रयोग गर्न जीपीएस लोकेसन तथा संक्षिप्त विवरण पेस गरी लग इन गर्न सकिने केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च