बैशाख ११,काठमाडौं ।
नेपाली काँग्रेस सम्बध नेपाल विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका हुन्।
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थी समुहले संघिय संसद भवान अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो।
नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बिरोध गर्नु पर्ने बताए । नेपाल विद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको बिरोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ।
विरोधका क्रममा संविधानविपरित ल्याइएको अध्यादेश फिर्ता गर, केपी ओली सत्ताको उन्मादमा जनता कोरोनाको त्रासमा लगायतका नारा लगाएका थिए ।