काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७१८ पुगेको छ । ताजा तथ्यांक अनुसार २३ हजार ७७ जनामा संक्रमण देखिसकेको छ ।
अहिलेसम्म भारतमा ४ हजार ७४९ जना कोरोना संक्रमित उपचार पछि निको भइसकेका बीबीसीले जनाएको छ । भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा २८३ जनाको मृत्यु भएको छ । ६ हजार ४३० जनामा संक्रमण देखिएको छ ।
गुजरातमा ११२ जनाको मृत्यु भएको छ भने २ हजार ६२४ मा संक्रमण पुष्टि भइसकेको छ ।