बागलुङकी युवती कोरोना संक्रमण मुक्त

बागलुङ ।
बागलुङ जिल्लाको पहिलो कोरोना संक्रमित १९ वर्षीया युवती कोरोना संक्रमणबाट मुक्त भएकी छन् ।
कोरोना परीक्षणको छैटौं ‘रिपोर्ट नेगेटिभ’ आएपछि बागलुङ नगरपालिका–४, कुँडुलेकी १९ वर्षीया अंशु सापकोटालाई शुक्रबार ‘डिस्चार्ज’ गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए ।

ती युवतीको यसअघिका चारओटा कोरोना परीक्षणको स्वाब रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।

उनी गत चैत ४ गते बेल्जियमबाट कतार एअरवेजको विमान हुँदै नेपाल फर्किएकी थिइन् । उनको कोरोना परीक्षण गर्दा चैत १५ गते संक्रमण पुष्टि भएको थियो ।

यसअघि, यसै साता नेपालको छैटौं तथा जिल्लाको दोस्रो संक्रमित बागलुङ नगरपालिका–३, गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च